रास्वपा महामन्त्रीमा थप ३ जनाको उम्मेदवारी फिर्ता

cp new add
Nisharg hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। उम्मेदवारी फिर्ताको क्रम चलेसँगै महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने प्रत्यासीहरूको संख्या ५ मा झरेको छ।

Telecome

एक जना मात्र निर्वाचित हुने महामन्त्री पदका लागि सुरुमा १० नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले सुरुमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ८ जना प्रत्यासीहरू चुनावी मैदानमा थिए।

रास्वपाको निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा थप ३ जना प्रत्यासीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पछिल्लोपटक उम्मेदवारी फिर्ता लिनेहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली रहेका छन्।

योसँगै अब रास्वपाको महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्यबीच अन्तिम भिडन्त हुने तय भएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...