सशस्त्र प्रहरीले एक सातामा १३ लाखको सामान बरामद गर्यो

cp new add
Nisharg hospital

१९ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले एक सातामा पर्साबाट झण्डै १३ लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

Nast Ad

सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्सा र मातहतमा रहेका बोर्डर आउट पोष्ट, सुरक्षा बेस क्याम्पले एक सातामा १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरेको हो ।

कात्तिक १२ गतेदेखि १९ गतेसम्म कपडा, चिनी, कस्मेटिक तथा हार्डवेयरका सामान, माछा, सुर्ती लगायत १२ लाख ७० हजार रुपैयाँको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वार्टर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

वीरगञ्ज भन्सार मेनगेट, अलौ, छपकैया, ड्राइपोर्ट, बहुअर्वाभाठा, ठोरी, जिराभवानी लगायतका स्थानहरुबाट भन्सार छली चोरी पैठारी भइरहेका सामान बरामद गरिएको उनले बताए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइसकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिका– ७ छपकैयाबाट ७ किलो गाजा बरामद गरेको छ । बाँसको झाँगमा लुकाएर राखिएको अवस्थामा ७ किलो लागु औषध (गाजा) बरामद भएको र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...