
अछाम । अछामको साँफेबगर नगरपालिका–४ डाँडाखालसैनस्थित धामीटोला सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा दुई नाल भरुवा बन्दुक बरामद गरेको छ।

मंगलबार साँझ वनभित्र खन्युको रुखमुनि लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला परेको हो।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

