एचआईभी संक्रमितमा लाञ्छना र गोपनीयताको डर, उपचार गर्न हिच्किचाउँछन्

cp new add
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशमा एचआईभी संक्रमितले सामाजिक लाञ्छना, भेदभाव र गोपनीयता भंग हुने डरका कारण आफ्नै पालिकामा उपचार गराउन हिच्किचाउने गरेका छन्।

Nast Ad

यही विषयलाई केन्द्रमा राख्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले शनिबार धनगढीमा एचआईभी, हेपाटाइटिस र यौनरोगसम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि पत्रकार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका प्रमुख खगेन्द्र बम, केन्द्रका निर्देशक डा. सर्वेश शर्मा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भारत शाहलगायत सञ्चारकर्मीको सहभागिता थियो।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा तीन हजारभन्दा बढी एचआईभी संक्रमित पहिचान भएका छन् भने दुई हजारभन्दा बढी नियमित एआरटी उपचारमा छन्। सबैभन्दा बढी संक्रमित कैलाली र कञ्चनपुरमा रहेका छन्।

कार्यक्रममा एचआईभी प्रभावितप्रतिको लाञ्छना र भेदभाव अन्त्य गर्न सञ्चारमाध्यमले तथ्यमा आधारित, जिम्मेवार र सम्मानजनक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइयो। साथै, संक्रमितको गोपनीयता र मानव अधिकारको संरक्षण गर्दै सही सूचना प्रवाह गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने वक्ताहरूले बताएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...