कैलालीमा करेन्ट लागेर बालिकाको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ मा घरमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ८ वर्षीया बालिकाको मृत्यु भएको छ।

Nast Ad

प्रहरीका अनुसार स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई शनिबार बेलुकी घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...