‘मेयर सरुवा’ अभिव्यक्तिपछि विवादमा रास्वपा सांसद पारसमणि गेलाल

cp new add
Nisharg hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पारसमणि गेलालको ‘मेयर सरुवा गर्नुपर्छ’ भन्ने अभिव्यक्ति भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद उत्पन्न भएको छ।

Nast Ad

सार्वजनिक भिडियोमा गेलालले, “अधिकृत भनेका कर्मचारी हुन्। कर्मचारी सुध्रन सक्छन्। अब मेयर नै सरुवा गर्नुपर्छ। मेयर सरुवा गर्ने तयारी गर्नुस्,” भनेको सुनिन्छ। भिडियोमा उनी कससँग र कुन सन्दर्भमा कुरा गरिरहेका थिए भन्ने खुलाइएको छैन।

नेपालको संविधानअनुसार स्थानीय तहका मेयर जनताबाट प्रत्यक्ष निर्वाचित हुने पद भएकाले उनीहरूलाई प्रशासनिक कर्मचारीसरह सरुवा गर्ने कानुनी व्यवस्था छैन। यही विषयलाई लिएर सामाजिक सञ्जालमा सांसद गेलालको अभिव्यक्तिको आलोचना भएको छ।

विवादपछि सांसद गेलालले भने आफ्नो अभिव्यक्ति राजनीतिक सन्दर्भमा भएको स्पष्ट पारेका छन्। उनका अनुसार, आफूले कर्मचारी सरुवाको सट्टा निर्वाचनमार्फत मेयर परिवर्तन गर्ने अर्थमा ‘मेयर सरुवा’ भन्ने राजनीतिक भाषा प्रयोग गरेका हुन्।

गेलालले संविधान र कानुनी व्यवस्थाबारे आफू जानकार रहेको दाबी गर्दै आफ्नो अभिव्यक्तिलाई सन्दर्भविहीन रूपमा प्रचार गरिएको बताएका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...