धनगढीमा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।

Nast Ad

धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि तत्कालै माया मेट्रो अस्पताल लगिएको थियो ।

तर, उनको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको हो । मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन् । दुर्घटनापछि भारतीय नम्बरको गाडी र चालक फरार भएका छन् । गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...