कञ्चनपुरमा सवारी ज्यान र लेनदेन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

महेन्द्रनगर। कञ्चनपुर प्रहरीले फरक–फरक मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला अदालत कञ्चनपुरको २०८२ चैत १६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दुई महिना कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएका भीमदत्त नगरपालिका–१० काठेपुलका ४३ वर्षीय जनकबहादुर भाटलाई सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

यस्तै, जिल्ला अदालत कञ्चनपुरको २०८३ असार ३ गतेको फैसलाले लेनदेन मुद्दामा एक लाख रुपैयाँ बिगो बापत एक वर्ष तीन महिना १३ दिन कैद सजाय तोकिएकी भीमदत्त नगरपालिका–५ सुकासाल अवस्थी चौराहाकी ३० वर्षीया जानकी सुनारलाई पनि सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...