धनगढीमा साढे ३ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

cp new add
Nisharg hospital

धनगढी। कैलाली प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार साँझ धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १९ वर्षीय महेन्द्र रानालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा रहेका रानालाई जाँच गर्दा उनको साथबाट ३ ग्राम ६३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको थियो। बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...