
धनगढी। कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका एक थुनुवा फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार टीकापुर–१ का ३१ वर्षीय संजय नगार्जी आइतबार राति पानी खाने बहानामा ड्युटीमा रहेका प्रहरीलाई धकेल्दै हिरासतबाट फरार भएका हुन्।
उनी असार ९ गते लागूऔषध मुद्दामा पक्राउ परेका थिए। फरार थुनुवाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

