प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोप लागेका पोखरेल पुर्पक्षका लागि थुनामा

cp new add
Nisharg hospital

प्रधानमन्त्रीलाई लक्षित गर्दै युट्युब तथा अन्य सामाजिक सञ्जालमा अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ डोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

Nast Ad

पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए।

प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। पक्राउपछि उक्त घटनाको देशभर विरोध भएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।

यद्यपि, सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

अभियोगपत्रमा प्रधानमन्त्री तथा उनको परिवारको मान–सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो र स्टाटस सामाजिक सञ्जालमार्फत प्रसारण गरेको आरोप उल्लेख छ। उनीमाथि युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत त्यस्ता सामग्री सार्वजनिक गरेको अभियोग लगाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...