स्वास्थ्यमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्ने स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ

cp new add
Nisharg hospital

स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो।

अधिकारीको पक्राउपछि स्थानीय स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन्। उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण पक्राउ पुर्जीबिनै अधिकारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।

‘उनी हेल्थ असिस्टेन्ट हुन्। निजी स्वास्थ्य संस्थामा काम गर्थे र हाल लोकसेवा आयोगको तयारीमा थिए। स्वास्थ्यमन्त्रीले गरेका कामको विषयमा सामाजिक सञ्जालमार्फत आलोचना गर्दै आएका थिए। त्यसै कारण पक्राउ गरिएको हुनसक्ने हाम्रो अनुमान छ,’ अधिकारीका एक सहकर्मीले बताएका छन्।

अधिकारीले गत शनिबार फेसबुकमा स्वास्थ्यमन्त्री मेहताको तस्वीरमा रातो मसिले क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखेर पोस्ट गरेका थिए।

त्यसैगरी, अर्को स्टाटसमा उनले लेखेका थिए, ‘निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौ। अख्तियार के गर्दैछ? लाज बेचिसक्यौ भने स्वास्थ्यमन्त्री पदबाट राजीनामा देऊ।’

स्वास्थ्यकर्मीहरूका अनुसार उक्त फेसबुक पोस्टकै आधारमा साइबर ब्युरोमा उजुरी परेको हुनसक्ने र त्यसपछि अधिकारीलाई पक्राउ गरिएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, प्रहरीले पक्राउको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...