
२० कात्तिक, धनगढी । कञ्चनपुरमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका भुवन सिंह राना रहेको बताए ।
दुर्घटनामा घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
आइतबार शुक्लाफाँटा नगरपालिका ४ पिपलाडीका श्रीकृष्ण रानाले चलाएको से १ त ९३८७ नम्बरको ट्र्याक्टर र भुवनले चलाएको सुपप्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

