कैलालीको चिसापानीमा मिनिरल वाटर कम्पनीको एयर कम्प्रेसर ट्याङ्की पड्कियो

cp new add
Nisharg hospital

* सागर परियार

२० कात्तिक, लम्की । कैलालीमा मिनिरल वाटर कम्पनीको एयर कम्प्रेसर ट्याङ्की पड्किएको छ ।

आइतबार बिहान लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रहेको चिसापानी मिनिरल वाटर कम्पनी प्रा.ली.मा एयर कम्प्रेसर ट्याङ्की पडकिएको हो ।
कम्पनीमा काम चलिरहेका बेला कम्पनीको भवन बाहिर राखिएको एयर कम्प्रेसर ट्याङकी अचानक पड्किदा कम्पनीमा काम गर्ने भारत उत्तर प्रदेश दिल्ली बागवत जिल्ला पूर्वदेव ग्रामपञ्चायत स्थायी घर भएका २६ वर्षीय पंकज शर्मा घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याएकोमा थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । कम्पनीको फिल्टर मेसिन, बल्लोईङ मेसिन, पानी ट्याङ्की फिल्टर कन्भेयर बेल्ट र टिनको छानामा क्षति भएको बताइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...