पुष्करनाथ ओझाको पक्षमा लागेका दर्जनौँ नेतासँग कांग्रेसले माग्यो स्पष्टिकरण

cp new add
Nisharg hospital
suchana

२० कात्तिक, धनगढी । नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाको पक्षमा लागेको भन्दै पार्टीका दर्जनौँ नेतालाई स्पष्टिकरण सोधेको छ । पार्टीका आधिकारीक उम्मेदवार डिल्लीराज पन्तकाविरुद्धमा मत मागेको भन्दै पूर्व जिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका दर्जनौँ नेतालाई २४ घण्टे स्पष्टिकरण सोधिएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार विभाग प्रमुख तपेन्द्र भुसालले पूर्व सचिव कुँवर, महाधिवेशन प्रतिनिधि गौरी लामा र भीमबहादुर शाह लगायतका नेताहरुसँग स्पष्टिकरण मागिएको जानकारी दिए ।

उनकाअनुसार पूर्व महासमिति सदस्य आन्नदराज जोशी, छत्रराज जोशी र बब्लु चौधरी, क्षेत्रिय प्रतिनिधि दीर्घराज भट्ट र राजकुमार सिह लगायतका नेतालाई स्पष्टिकरण सोधिएको छ । भुसालकाअनुसार वडा कमिटिदेखि नगर, क्षेत्र र जिल्लास्तर सम्मका दर्जनौँ नेता, कार्यकर्तालाई पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध लागेको पाइएपछि स्पष्टिकरण मागिएको छ ।

उनीहरुलाई पार्टीका उम्मेदवारविरुद्ध लागेकाले अनुशासनको कारवाही किन नगर्ने ? भनेर प्रश्न गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा मात्र १४ जना स्थानीय नेतालाई स्पष्टिकरण सोधिएको छ ।

कतिपय नेतालाई शनिबार र केहीलाई आइतबार स्पष्टिकरण सोधिएको कांग्रेसले जनाएको छ । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका अधिकांश नेता, कार्यकर्ता पार्टीबाट निष्काशनमा परेका र अहिले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझाको पक्षमा खुलेरै लागेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...