आज सुदूरपश्चिमसहित केही क्षेत्रमा भारी वर्षाको चेतावनी

cp new add
Nisharg hospital

धनगढी । आज (असार २६ गते, शुक्रबार) देशभर अधिकांश स्थानमा बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

Nast Ad

मौसमविद्का अनुसार पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने केही उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

राति पनि देशभर बदली कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने पूर्वानुमान छ। तराईका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्ले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थान तथा मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।

नदी तथा खोला आसपासका बासिन्दा, यात्रु र सडक प्रयोगकर्तालाई विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...