धनगढी र लम्कीमा जुवातास : ७५ हजारसहित २१ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी ।कैलालीका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित हरि प्रसाद पडालको घरमा जुवातास खेलिरहेको अवस्थामा हरि प्रसाद पडालसहित ७ जनालाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट नगद २५ हजार ४५० रुपैयाँ र ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, लम्कीचुहा नगरपालिका–१ मोतिपुर बजारस्थित गोपाल हमालको सपना नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा गोपाल हमालसहित १४ जनालाई पक्राउ गरिएको छ।

उनीहरूको साथबाट नगद ५० हजार १६० रुपैयाँ र ९ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ।

दुवै घटनामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...