
धनगढी । कैलालीका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–८ मा शंकास्पद रूपमा चेकजाँच गर्ने क्रममा ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित स्थानीय ३२ वर्षीय हरिलाल राना, २२ वर्षीय उमेश राना र २० वर्षीय हेमराज रानालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
यस्तै, इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले टिकापुर नगरपालिका–९ खक्रौलामा चेकजाँचका क्रममा ४१० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित टिकापुर–६ निवासी २० वर्षीय अमित परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

