सर्जिकल सोसाइटी अफ नेपाल सुदूरपश्चिम च्याप्टरको अध्यक्षमा डा. मेराज आलम अन्सारी सर्वसम्मत चयन

cp new add
Nisharg hospital

धनगढी । सर्जिकल सोसाइटी अफ नेपाल सुदूरपश्चिम च्याप्टरको दोस्रो कार्यकालका लागि डा. मेराज आलम अन्सारी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।

Nast Ad

यसअघि च्याप्टरको पहिलो कार्यकालको अध्यक्षको जिम्मेवारी डा. सी.पी. पाण्डेयले निर्वाह गरेका थिए। दोस्रो कार्यकालका लागि डा. अन्सारीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।

हाल निसर्ग अस्पताल, धनगढीमा कार्यरत डा. अन्सारी सुदूरपश्चिममा शल्यचिकित्सा सेवामार्फत परिचित चिकित्सकका रूपमा चिनिन्छन्। उनले जटिलदेखि सामान्यसम्मका विभिन्न शल्यक्रिया सफलतापूर्वक गर्दै आएका छन्। दुर्गम क्षेत्रका बिरामीलाई सहज र गुणस्तरीय शल्यचिकित्सा सेवा उपलब्ध गराउन उनले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

चिकित्सा सेवासँगै डा. अन्सारी सामाजिक सेवामा पनि सक्रिय छन्। स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा विपन्न समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा उनको निरन्तर सहभागिता रहेको छ।

उनको नेतृत्वमा सर्जिकल सोसाइटी अफ नेपाल सुदूरपश्चिम च्याप्टरले शल्यचिकित्सा सेवाको गुणस्तर सुधार, चिकित्सकबीच समन्वय र स्वास्थ्य क्षेत्रको व्यावसायिक विकासमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...