कैलाली र कञ्चनपुरमा लागूऔषधसहित एकैदिन १५ जना पक्राउ

cp new add
Nisharg hospital

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित एकैदिन १५ जना पक्राउ, धनगढी-टिकापुरमा प्रहरीको व्यापक अपरेशन

Nast Ad

धनगढी । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै एकै दिन १५ जनालाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। शनिबार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा १३ जना वयस्क र दुई जना किशोर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका गोदावरी नगरपालिका–६ लालपुरका २० वर्षीय राहुल भुल र २० वर्षीय लोकेन्द्र खड्कालाई शंकाका आधारमा जाँच गर्दा ३ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेपछि पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

त्यसै दिन धनगढी–२ स्थित सिसा पोस्ट नजिकबाट गौरीगंगा नगरपालिका–८ बडैपुरका २० वर्षीय बेद धामीसहित चार जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ११० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाटबाट २१ वर्षीय अस्मित कठरिया र २३ वर्षीय मनिश चौधरीलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट शान्तिनगरबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

टिकापुर नगरपालिका–१ स्थित साथी अस्पताल नजिकबाट पनि प्रहरीले दुई किशोरलाई लागूऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले १७ वर्षीय र १६ वर्षीय किशोरको साथबाट ३९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

यस्तै, बर्दगोरिया गाउँपालिका–२ बौनियाँ बजारबाट लम्कीचुहा नगरपालिका–८ गप्काका २७ वर्षीय महेन्द्र ओखेडा र मोह्न्याल गाउँपालिका–६ सुगरखालका ३० वर्षीय उपेन्द्र जैशीलाई ३५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको टोलीले पक्राउ गरेको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले २४ वर्षीय आदित्य खुना, २७ वर्षीय ज्ञानु खुना र बेतकोट नगरपालिका–५ का शुनिल खुनालाई ५२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार सबै घटनामा शंकाका आधारमा गरिएको चेकजाँचका क्रममा लागूऔषध बरामद भएको हो। पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...