बझाङमा ढुङ्गा लागेर महिला वडा सदस्य घाइते, हेलिकोप्टरमार्फत उद्धार

cp new add
Nisharg hospital

२१ कात्तिक, धनगढी । बझाङमा भिरबाट खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।

Nast Ad

जिल्लाको साइपाल गाउँपालिका–३ माथिल्लो कायाकी स्थानीय एवम् वडा सदस्यसमेत रहेकी २८ वर्षीया डिकी गुरुङ घर नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथिबाट ढुङ्गा खस्दा गम्भीर घाइते भएकी गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताइन ।

उनलाई बझाङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...