

२१ कात्तिक, बैतडी । बैतडीमा नेपाली काँग्रेसले २ जनालाई पार्टीबाट निकालेको छ ।
जिल्लाको सिगास गाउँपालिकाका उपसभापति धनबहादुर साउद र पार्टीका पाटन नगर सहसचिव कृष्णा पन्तलाई पार्टीबाट निष्कासन गरिएको हो ।
साउँदले पार्टीको विधान विपरीत काम गरेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो, भने पन्तले राप्रपा नेपालबाट उम्मेदवारी दिएकाले उनलाई पनि पार्टीबाट निष्कासन गरिएको कांग्रेसले जनाएको छ ।
उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीले जानकारी दिए ।
उनीहरुलाई ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको छ । यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेको भन्दै कांग्रेसले पाटन नगर सभापति मानबहादुर ऐर, दलित संघका जिल्ला अध्यक्ष रमेश कोली लगायतलाई निष्कासन गरिसकेको छ ।
बैतडीको प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुवर उम्मेदवार छन ्। उनीविरुद्ध कांग्रेस नेता केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन ।
यस्तै कांग्रेसका तर्फबाट प्रदेशसभा क्षेत्र (१) का उम्मेदवार वीरबहादुर विष्टविरुद्ध कांग्रेसकै हरिमोहन भण्डारीले बागी उम्मेदवारी दिएका छन ।

