
२१ कात्तिक, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मनहरी गाउँपालिका–६ नयाँबस्तीका २९ वर्षीय अविनास गोलेको घटनास्थलमै मृत्यु भएको हो ।

बस चालक हेटौंडा–१९ नेवारपानीका ५१ वर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

