२५ के.जी गाजा सहित एक जना पक्राउ

cp new add
Nisharg hospital

२१ कात्तिक, वीरगञ्ज । बाराबाट प्रहरीले २५ किलो लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।

Nast Ad

पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नं. १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लो रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट उनलाई पक्राउ गरेको थियो । कुलियामा प्रहरी टोलीलाई देख्ने वित्तिकै उनी सहित ३ जनाले बोकेर ल्याएको बोरा फालेर भागेका थिए ।

२ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागु औषध गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रेम विरुद्ध लागु औषध मुद्धामा बारा जिल्ला अदालतबाट म्याद थप गरी फरार रहेका २ जनाको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...