२५ हजार धरौटीमा छुटे युट्युबर पोखरेल

cp new add
Nisharg hospital

 प्रधानमन्त्री बालेन्द्र साह र उनको परिवारलाई लक्षित गर्दै युट्युबसहित विभिन्न सामाजिक सञ्जालमा अपमानजनक र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का रोशन पोखरेल २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

Nast Ad

उच्च अदालत विराटनगरको इलाम इजलासले जिल्ला अदालत पाँचथरको पुर्पक्षका लागि कारागार पठाउने आदेश बदर गर्दै पोखरेललाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय किरण पोखरेल र काजीबहादुर राईको संयुक्त इजलासले उक्त आदेश गरेको हो।

जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले यसअघि पोखरेललाई विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पोखरेलले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...