डडेल्धुरामा प्रहरी प्रशासनले प्रचार गर्न रोकेको भन्दै सागर ढकालले जनता गुहारे

cp new add
Nisharg hospital

२१ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरा आएर स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले स्थानीय प्रशासनले प्रचार प्रसारमा आफूमाथि रोक लगाएको दाबी गरेका छन् ।

Nast Ad

गुल्मीका ढकालले सोमबार डडेल्धुराको बसपार्क र तुफानडाँडा क्षेत्रमा प्रचार गर्ने क्रममा आफ्नो समूहमाथि रोक लगाएको दाबी गरेका हुन् ।

‘मलाई जोगाइदिनुस्, जनता गुहार्नु बाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ । मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन । मलाइ रोकेको छ ।’

तर डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद जोशीले प्रचार प्रसारमा कुनै पनि उम्मेदवारलाई रोक नलगाइएको बताएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...