
धनगढी । कैलालीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–७, हिक्मतपुरका २८ वर्षीय सुनिल डगौरा छन् । ३२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (साउन २) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सुनिलले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

