कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष

cp new add
Nisharg hospital

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।

Nast Ad

मंगलबार बिहान ११ बजेर २० मिनेटमा श्रेष्ठ आफैँले चलाएर बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा पुगेका थिए । सडकबाट केही पर खाली जग्गामा गाडी पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरुले देखेका थिए । घटनास्थल नजिकै रहेका एक जना युवकले आगो लागेको देखेपछि दौडिँदै गएर कारको अगाडि पट्टिको ढोका खोलेको सिसिटिभी फुटेजमा देखिएको छ । चालक सिटसँगैको ढोका खोल्दा उनको समेत हातमा पोलेपछि उनी फर्किएको फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र कीर्तिपुर वृत्तले गरेको अनुसन्धानबाट सुरेशचन्द्र आफैँले आत्मदाह गरेको खुलेको हो । काठमाडौँका एसएसपी दिलिप घिमिरेले कार चालक श्रेष्ठ आफैँले आगो लगाएर आत्मदाह गरेको अनुसन्धानको निष्कर्ष रहेको बताए। उनले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट घटनामा अरूको संलग्नता देखिएको छैन ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...