श्रावण लाग्नसाथ आउन थाले तीज गीत,

cp new add
Nisharg hospital

हरितालिका तीज आउन अझै झन्डै दुई महिना बाँकी छ। तीजका नयाँ गीतहरू भने सार्वजनिक हुन थालेका छन्। साउन लागेसँगै दैनिकजसो नयाँ तीज गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन्।

Nast Ad

तीज गीतलाई नेपाली सांगीतिक क्षेत्रको विशेष ‘सिजनल’  विधाका रूपमा हेरिन्छ। हरेक वर्ष साउन लागेसँगै तीज गीत सार्वजनिक हुन थाल्छन्। यस वर्ष पनि सोही परम्पराले निरन्तरता पाएको देखिन्छ।

गायक खुमन अधिकारीका मात्रै हालसम्म चार वटा तीज गीत सार्वजनिक भइसकेका छन्। उनले भने, ‘साउन लागेसँगै तीजका गीत सार्वजनिक हुन थालेका छन्। मेरा चार वटामध्ये एउटा आफ्नै अफिसियल युट्युब च्यानलबाट ल्याएको छु।’

खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा रहेको ‘करिमैले जहाँ लान्छ उहीँ जाऊँला’ गीतले युट्युबमा तीन लाखभन्दा बढी भ्युज बटुलिसकेको छ।

गायिका एलिना चौहानले पनि साउनको पहिलो दिन आफ्नै युट्युब च्यानलमार्फत ‘नौरती फुलीु’ सार्वजनिक गरेकी थिइन्। एलिनासँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वर रहेको यो गीतले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममा राम्रो चर्चा पाइरहेको देखिन्छ। त्यस्तै, भूमिका गिरी र ऋषि खड्काको स्वर रहेको ‘दिम कि नदिम’ ले पनि राम्रो भ्युज बटुलिरहेको छ।

एलिनाको स्वरमा अर्को तीज गीत ‘महादेव खाली भयो जेब’ पनि सार्वजनिक छ। यो गीत भने सर्जक कस्तुप पन्तको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गायिका शर्मिला बर्देवाले पनि यसपालि तीज गीत ुशिरैमा शिरफूलु ल्याएकी छन्। उनले आफ्नो तीन दशक लामो सांगीतिक यात्रामा पहिलो पटक तीज गीत गाएको बताएकी छन्। गायक कालीप्रसाद बास्कोटाले पनि आफ्नै युट्युबमा ‘तीजको रन्को’ शीर्षकको गीत ल्याएका छन्। यसबाहेक पनि विभिन्न कलाकारका तीज गीत सार्वजनिक भइरहेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...