रास्वपाका नेता जोशीले डा. केसीलाई भेटेर भने–अनसन नबस्नुहोस्, गेटामा विश्वविद्यालय सञ्चालनको काम प्रभावित हुन्छ


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूरपश्चिमका सदस्य नितिश जोशीले प्राध्यापक डाक्टर गोविन्द केसीलाई आमरण अनसन नबस्न अनुरोध गरेका छन् ।

धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा पुगेर जोशीले केसीलाई अनसन नबस्न अनुरोध गरेका हुन् ।उनले लामो प्रतिक्षापछि गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आइरहेको भन्दै अनसनका कारण प्रभावित हुने भन्दै यस्तो आग्रह गरिएको बताए ।
तर, केसीले भने आफू अनसन बस्ने बताउँदै बाधा अवरोध सिर्जना नगर्न भनेका थिए ।
