सर्पको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु

cp new add
Nisharg hospital

महोत्तरी । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् ।

Nast Ad

बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाए पछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा विवेकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आर्थिक रुपमा अति विपन्न रहेका पीडित परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको मृतक बालककी आमा अमृतदेवी कापरले बताइन् ।

घटनाको जानकारी पछि मधेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीसहितले अस्पताल पुगेर आवश्यक समन्वय गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...