मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका एक युवको मृत्यु

cp new add
Nisharg hospital

२२ कात्तिक, धनगढी । मोटरसाइकल अनियन्त्रित हुँदा कञ्चनपुरका एक जनाको मृत्यु भएको छ ।

Nast Ad

जिल्लाको बेदकोट नगरपालिका–५ पोल्खरीस्थित मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार राति सु.प.प्र.०१–०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जोशी गम्भीर घाइते भएका थिए ।

उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...