
२२ कात्तिक, धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ मा मेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार सु.प.प्र.०१–०१० प ३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई राति दुर्घटना भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाँई शिबिरका ३२ वर्षीय राजु चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

