लोकसेवा तयारी गरिरहेका युवामाथि अन्याय हुने भन्दै स्वकीय सचिव व्यवस्थाको विरोध

cp new add
Nisharg hospital

काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई स्वकीय सचिवको व्यवस्था गर्ने निर्णयको विरोधमा ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले प्रदर्शन गरेको छ । शनिबार (साउन ९) काठमाडौंको माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका हुन् ।

Nast Ad

प्रदर्शनका क्रममा अभियानकी सदस्य सुप्रिया नेपालीले मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदहरूका निम्ति स्वकीय सचिवको व्यवस्था गरिनु नीतिगत रूपमा गलत भएको बताइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशजस्ता क्षेत्रमा १० रुपैयाँको सिटामोल पाउन गाह्रो भइरहेको अवस्थामा जनताले तिरेको करबाट स्वकीय सचिव राख्नु न्यायोचित नहुने उनको तर्क छ ।

सांसदहरूले सामाजिक सञ्जालमार्फत स्वकीय सचिवका निम्ति विज्ञापन आह्वान गरेकाप्रति उनले लोकसेवा आयोगको तयारी गरिरहेका युवाको भावनामा चोट पुगेको उल्लेख गरिन् । दिनरात पढेर निजामती सेवामा प्रवेश गर्न चाहने युवा आर्थिक संकटमा रहेका बेला बिनाप्रतिस्पर्धा राजनीतिक नियुक्ति गरिनु सुशासनको उपहास हुने उनको भनाइ छ ।

अभियानले सांसदहरूलाई राजधानीकेन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाडी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन समेत आग्रह गरेको छ ।

“राज्यले सुशासन र विधिको शासनको सट्टा विलासितालाई प्रश्रय दिइरहेको छ । विद्यार्थीहरू तुइन चढेर विद्यालय जानुपर्ने र बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता अन्त्य गर्नु राज्यको पहिलो प्राथमिकता हुनुपर्छ,” उनले भनिन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...