
कैलाली । सवारी ज्यान मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र २ सय जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका- ७ पटेला बस्ने वर्ष ३५ को पन्चराम चौधरीलाई पक्राउ गरेको हो । प्रहरी चौकी कनरी कैलालीबाट खटिएको प्रहरी टोलिले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

