तलबसहितको प्रसूति बिदा ६ महिना पुर्‍याउने तयारी, सरकारले माग्यो सुझाव

cp new add
Nisharg hospital

काठमाडौं । सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत महिलाले अब सुत्केरी हुनुअघि वा पछि ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था गर्ने तयारी गरिएको छ।

Nast Ad

सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधन गर्न तयार पारेको विधेयकमार्फत हाल कायम रहेको ९८ दिनको तलबसहितको प्रसूति बिदालाई ६ महिनामा विस्तार गर्ने प्रस्ताव अघि सारेको हो।

हालको ऐनको दफा १३ को उपदफा (१) मा सरकारी, गैरसरकारी तथा निजी संस्थामा कार्यरत महिलाले कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ। संशोधन विधेयकमा उक्त उपदफामा रहेको कम्तीमा ’अन्ठानब्बे दिन’ भन्ने शब्दको सट्टा ‘६ महिना’ राख्ने प्रस्ताव गरिएको छ।

यद्यपि, गर्भवती महिलाले मृत शिशु जन्माएको वा जन्मिएपछि शिशुको मृत्यु भएको अवस्थामा दिइने प्रसूति बिदाको अवधि भने यथावत् ९८ दिन नै रहने प्रस्ताव गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संशोधन विधेयक आफ्नो वेबसाइटमा सार्वजनिक गर्दै सरोकारवाला तथा सर्वसाधारणबाट राय–सुझाव आह्वान गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...