शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन

cp new add
Nisharg hospital

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टीले शनिबार बिहान श्री पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा–आराधना गरेकी छन्।

Nast Ad

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएकी शेट्टीले पशुपतिनाथको दर्शन गरी देश तथा विश्वको शान्ति र समृद्धिको कामना गरेको जनाइएको छ। मन्दिर परिसरमा उनले केही समय बिताउँदै धार्मिक विधिअनुसार पूजा गरेकी थिइन्।

शिल्पा शेट्टी काठमाडौंमा जारी ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा सहभागी हुन नेपाल आएकी हुन्। सम्मेलनमा बलिउडका अन्य कलाकार तथा विभिन्न देशका पर्यटन, इभेन्ट र आतिथ्य क्षेत्रका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...