‘मिस नेपाल’ बनेर दीपमालाले रचिन् ३ कीर्तिमान

cp new add
Nisharg hospital

काठमाडौं । दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ ( एनआरएनए )  को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् ।

Nast Ad

शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो –  मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय नेपाली युवतीले मिस नेपालमा प्रतिस्पर्धा गरेपनि उपाधि जित्न सकेका थिएनन् ।

विद्यार्थी भिसामा पढ्न गएकाहरू फर्किएर मिस नेपालको उपाधि जितेको भएपनि विदेशमै स्थायी बसोबास गर्ने ( एनआरएनएको दोस्रो पुस्ता )  ले उपाधि जितेको थिएनन् ।

दोस्रो कीर्तिमान –  मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरसँग अनुबन्धित डायस्पोराको उपाधि पनि जितेर लगातार मिस नेपालको मुख्य उपाधि जित्नु पनि यो पहिलोपटक हो । मिस नेपालमा दीपमालाको प्रवेश मिस नेपाल हङकङको उपाधि जितेसँगै पक्का भएको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...