वर्षकै सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बन्यो ‘गौँथली’

cp new add
Nisharg hospital

काठमाडौं– साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ को १७ औँ दिनमा पनि व्यापार उस्तै छ । देशभरका शो हाउसफूल छन् । ‘गौँथली’ सोमवार पनि उच्च अकुपेन्सीमा चलेको छ ।

Nast Ad

यो फिल्मले प्रदर्शनको तेस्रो आइतवासम्म देशभरबाट कुल १३ करोड ६४ लाख ४६ हजार ५ सय ३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो फिल्मका ४ लाख ९४ हजार ९ सय १५ वटा टिकट बिक्री भइसकेका छन् ।

यस वर्ष प्रदर्शनमा आएका नेपाली फिल्महरुमध्ये सबैभन्दा धेरै कमाउने फिल्म नै ‘गौँथली’ बनेको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको यो फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...