
२३ कात्तिक, धनगढी । डोटीमा निरन्तर भूकम्पको पराकम्प गइरहेको बताइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा अझै बेला–बेला भूकम्पका स–साना पराकम्प गइरहेको बताएको हो ।
प्राधिकरणले जुनसुकै बेला भूकम्प जान सक्ने अवस्था प्रबल रहेको बताउँदै सचेत रहन आग्रह गरेको छ । गएराति डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

