नदी सुक्दै गएपछि रोमानियाले पूरै बन्द गर्‍यो देशको एउटै आणविक केन्द्र

cp new add
Nisharg hospital

काठमाण्डौ। लामो समयदेखि युरोपमा अत्यधिक गर्मीको अवस्था छ । गर्मीकै कारण ड्यान्युब नदीमा पानीको सतह असामान्य रूपमा घटेपछि रोमानियाले आफ्नो एकमात्र आणविक विद्युत् केन्द्र पूरै बन्द गरेको छ । नदीमा पानीको बहाव घट्दा आणविक भट्टीलाई चिस्याउन आवश्यक पानी पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन ।

Nast Ad

यस्तोमा चेर्नाभोडा आणविक विद्युत् केन्द्रका दुवै रिएक्टर बन्द गरिएका हुन् । यी दुई रिएक्टरले रोमानियाको कुल विद्युत् उत्पादनको करिब २० प्रतिशत हिस्सा ओगटेका थिए । तर पानी पाउन छाडेपछि ७०६ मेगावाट क्षमताको दोस्रो रिएक्टरलाई बिहीबार मध्याह्नअघि राष्ट्रिय विद्युत् ग्रिडबाट अलग गरिएको छ । पहिलो रिएक्टर जुलाईमै बन्द गरिएको थियो । कम्तिमा पनि आगामी १० दिनभित्र केन्द्र पुनः सञ्चालन हुने सम्भावना नरहेको केन्द्रका निर्देशक रोमियो उर्जानले एएफपी समाचार संस्थालाई बताएका थिए ।

चेर्नाभोडा आणविक केन्द्रले रिएक्टर चिस्याउन ड्यान्युब नदीको पानीलाई प्रयोग गर्ने गरेको छ । आणविक रिएक्टरबाट ठूलो मात्रामा ताप उत्पन्न हुने भएकाले त्यसलाई सुरक्षित रूपमा सञ्चालन गर्न निरन्तर चिस्याउने प्रणाली आवश्यक हुन्छ । तर लामो समयसम्म परेको गर्मी र वर्षाको कमीका कारण ड्यान्युब नदीको पानीको सतह निकै तल झरेपछि केन्द्रमा आवश्यक पानी आपूर्ति प्रभावित भएको हो ।  रोमानियाका अधिकारीहरूले केन्द्रमा पानीको बहाव बढाउने प्रयाससमेत गरेका थिए । यसका लागि नदीमा ढुंगा भरिएका बार्जहरू डुबाएर पानीको बहावलाई केन्द्रतर्फ बढाउने प्रयास गरिएको थियो । तर नदीको समग्र जलस्तर असामान्य रूपमा घटेकाले त्यसले समस्या समाधान गर्न सकेन । यो केन्द्र सन् २००३ मा एक् पटक पनि पूरै बन्द भएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...