रोल्पामा पाँच दिनमा पहिरोबाट १७ जनाको मृत्यु, एक बेपत्ता

cp new add
Nisharg hospital

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा रोल्पामा थप एक जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा शनिबार राति पहिरोले घर पुर्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।

Nast Ad

घरमा सुतिरहेको अवस्थामा पहिरो खसेर घर पुरिएको र गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

शनिबारको घटनासँगै बुधबारयता रोल्पामा पहिरोबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । एक जना अझै बेपत्ता छन् ।

यसअघि थबाङ गाउँपालिकामा पहिरोले बस्ती बगाउँदा १२ जना र सुनछहरी गाउँपालिका–२ मा घर पुरिँदा चार जनाको मृत्यु भएको थियो

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...