कैलालीमा रोकिएको जीपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Dhangadhi

८ साउन, धनगढी । कैलालीमा रोकिएको जीपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकिएको बा २१ च २९०३ नम्बरको जीपसँग क १ प१५९८ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nisharg hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार चालक जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय अक्कल कठायत घाइते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...