कैलालीमा सवा १५ लाखको अवैध सामान बरामद, भारतीय गाडीसहित चालक पनि पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा प्रहरीले ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ ।

Nast Ad

भारतबाट भन्सार छली गरी ल्याइएका पर्दा, विभिन्न सामान र भारतीय नम्बर प्लेटको गाडीसहित १५ लाख १४ हजार ६२० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित भित्री सडकखण्डबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ भारतबाट भन्सार छली गरी ल्याइएको एक लाख १० हजार रुपैयाँ बराबरको पर्दा बरामद गरेको हो।

सो क्रममा १२ लाख रुपैयाँ मूल्य बराबरको यूपी ३१ सीबी २८२६ नम्बरको भारतीय गाडीसमेत नियन्त्रणमा लिइएको छ। पर्दा र गाडीसहित १३ लाख १० हजार रुपैयाँ बराबरको सामानसहित भारतको पलिया डीएसएन कलौनी निवासी ३५ वर्षीय अमित कुमार सक्सेनालाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए ।

यसैगरी, कैलालीका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका दुई लाख चार हजार ६२० रुपैयाँ बराबरका बिडी, सुर्ती, पंखाका पाता, मटर, विभिन्न किसिमका कपडा, पानी तान्ने मोटर, किराना लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

दुवै घटनामा बरामद भएका सामान र गाडीको कुल मूल्य १५ लाख १४ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान तथा गाडीमाथि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...