
धनगढी । कैलाली, डोटी र अछाममा अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएका तीन जनालाई पक्राउ गरेको छ।

कैलालीमा सवारी ज्यान मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका जानकी गाउँपालिका–८ का ४० वर्षीय रामस्वरुप चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।
त्यस्तै, डोटीमा सवारी ज्यान मुद्दामा ३ महिना २२ दिन कैद सजाय तोकिएका बडिकेदार गाउँपालिका–४ मन्नाकपाडीका ३६ वर्षीय चन्द्रबहादुर मन्नी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत बाजुराको २०७५ मंसिर ११ गतेको फैसलाले उक्त सजाय तोकेको थियो।
त्यस्तै,अछाममा हातहतियारसम्बन्धी मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका मंगलसेन नगरपालिका–३ का मोहन बम बोगटी पक्राउ परेका छन्। प्रहरी चौकी मंगलसेनबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत अछामको २०८३ वैशाख २४ गतेको फैसलाले उक्त सजाय तोकेको थियो

