
धनगढी । कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट भीमदत्त नगरपालिका–५ सुकासालका २७ वर्षीय सुरज लुहारलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनको साथबाट ७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

