कैलालीको चिफ्ले झरनामा खसेर डडेल्धुराका एक युवक बेपत्ता, खाेजी गर्दै प्रहरी

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा झरनमा खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त रहेकाे प्रहरीले जनाएको छ ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दले शनिबार दिउँसो ४ बजेतिर पन्त चुरे गाउँपालिका-५ सुरूगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएको जानकारी दिए ।

उनकाअनुसार पन्तकाे खाेजीका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । अहिलेसम्म पन्तकाे अवस्था अज्ञात रहेकाे छ ।

उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेकाे बुझिएको प्रहरीले जनाएकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...