सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति परिचालन हुने

cp new add
Nisharg hospital

२७ कात्तिक, धनगढी  । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ ।

Telecome

निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता सङ्ख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ ।  मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिनेछन ।

सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभर २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताए। उनले भने, “पाँच सयसम्म मतदाता भएको केन्द्रमा स्वयंसेवकसहित ११ जना र पाँच सय बढी मतदाता भएको केन्द्रमा १२ जना खटाउने तयारी भएको छ ।”

सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन । यसका साथै प्रदेशभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन । प्रदेशमा रहेका मतदाता सङ्ख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन ।

मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताए । “मतदाता सङ्ख्याको पाँच प्रतिशत बढी मतपत्र यसअघि नै यहाँ पुगिसकेका छन्। मतपत्र र निर्वाचनमा आवश्यक पर्ने अन्य सामग्री प्याकिङ्ग तथा सिल गर्ने काम भइरहेको छ ।” उनले भने ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतो तालिम सञ्चालन भएको र उनीहरुको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ । आजदेखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु हुने र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताए ।

सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन । यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन । निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन । चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेरवार मतदाता रिझाउन महत्वकांक्षी योजना बाँडिरहेका छन । रासस

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...