बझाङमा अटो दुर्घटना, चालकसहित ६ जना घाइते

cp new add
Nisharg hospital

बझाङ । बझाङमा अटो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा चालकसहित ६ जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब २ः५० बजे केदारस्युँ गाउँपालिका–४, तल्लो बागथला क्षेत्रमा जयपृथ्वी राजमार्गमा अटो दुर्घटना भएको हो।

बागथलाबाट देउरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ६०१२ नम्बरको अटो बैतडीको सिगास गाउँपालिका–६ का १९ वर्षीय चालक योगेन्द्र साउदले चलाइरहेका थिए। अटो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल कालङ्गा नदीको किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक साउदसहित बैतडी सिगास गाउँपालिका–६ का २२ वर्षीय लक्ष्मण साउद, १६ वर्षीया अस्मिता साउद र १६ वर्षीया गंगा साउद तथा बझाङ थलारा गाउँपालिका–६ का १५ वर्षीय लोकेश साउद र केदारस्युँ गाउँपालिका–१ का १८ वर्षीय योगेश भण्डारी घाइते भएका छन्।

घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्‍याइएको छ। उनीहरूको शनिबार दिउँसो ३ः३० बजेदेखि उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको छ।

प्रहरीका अनुसार चालक योगेन्द्रको खुट्टामा, लक्ष्मणको बायाँ खुट्टामा, अस्मिताको टाउकोमा, गंगाको बायाँ खुट्टा र कम्मरमा, लोकेशको बायाँ हातमा तथा योगेशको टाउकोमा चोट लागेको छ।

दुर्घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बागथलाबाट प्रहरी सहायक निरीक्षक तेजबहादुर कठायतको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनास्थल प्रहरी पोष्टबाट करिब ५०० मिटर पूर्वमा पर्छ। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...