पाथीभरामा दुई सय ४१ तोला सुन र २७ किलोग्राम चाँदी सङ्कलन

cp new add
Nisharg hospital

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७.१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ ।

केही सुनका गहाना दुरुस्तै राखिएको छ भने २४० तोला ९१ लाल सुन भने रिफाइन गरी एक नमबरको बनाइएको हाङ्बाङले जानकारी दिए ।
। त्यस्तै पाथीभरामा सङ्कलित चाँदी पनि एकनम्बर वा असली २७ किलोग्राम १२८ ग्राम रहेको उनले बताए । समितिका अनुसार रिफाइन गरी एकनम्बरको बनाइएको सुनमध्ये ११ तोला २४ ला भर्खरै रिफाइन गरिएको हो । यसैगरी, तीन किलोग्राम १६६ ग्राम चाँदी पनि भर्खरै अर्थात गएको शुक्रबार र शनिबार रिफाइन गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । बाँकी धेरै परिमाणको सुन र चाँदी पहिले नै रिफाइन गरिएको हो ।

करिव तीन वर्षअघि नै रिफाइन गरिएको सुन र चाँदी सोही समयदेखि लिलाम बिक्रीको प्रक्रिया सुरु गरिएको थियो । नियमअनुसार समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाए पनि केही चाँदीबाहेक हालसम्म सुनचाँदी बिक्री नभएकोसमेत समितिले जनाएको छ । पछिल्लोपटक रिफाइन गरेकोसमेत सुन र चाँदी पुनः बिक्रीका लागि प्रक्रिया सुरु गर्ने तयारी भइरहेको समितिले जानकारी दिएको छ ।

समितिले रिफाइन गरेको तथा अन्य सुन र चाँदी सुरक्षा निकाय समेतको निगरानीमा सुरक्षित राख्ने गरेको छ । रिफाइन गरिएको सुन र चाँदीको तौल यकिन गरी कपडाको थैलो (झोला) मा लाहाछापसहित सिल गरेर राख्ने गरिएको समितिका स्टोर (भण्डार कक्ष) प्रमुख इन्द्र पौडेलले जानकारी दिए ।

पाथीभराको दर्शन गरेमा सोचेको, चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वाससहित वर्षमा लाखौं भक्तजनले पाथीभराको दर्शन गर्ने गरेका छन् । पाथीभराको दर्शन गर्ने भक्तजनले स्वेच्छाले नगद साथै सुन, चाँदी र अन्य धातुको गरगहाना तथा सामग्री ल्याएर चढाउने गर्छन् । दर्शनार्थीले चढाएको सुन, चाँदी र नगद लगायतका सामग्री पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन गर्ने गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...